के भएको हो मेक्सम गौडेललाई ?



प्याङक्रियाजमा घाउ भएपछि हाँस्य कलाकार मेक्सम गौडेल मेदान्त अस्पतालमा उपचार गराइरहेका छन् ।

उनले दिल्लीको मेदान्त अस्पतालमा फलोअप गरिरहेका छन् । उनको स्वास्थ्यमा अहिले क्रमिक सुधार आइरहेको छ ।

पेट निकै दुखेपछि गौडेल नयाँ बाँनेश्वरको सिभिल अस्पतालमा १२ दिनसम्म उपचार गरेर घर फर्किएका थिए । २ महिनादेखि प्याङक्रियाजको समस्यामा पीडित बनेका गौडेल त्यसपछि मेदान्त अस्पतालमा उपचारका लागि पुगेका थिए ।

पहिले पनि आधा महिना उनी उपचार गरेर फर्किएका थिए । अहिले फलोअपका लागि पुगेका गौडेललाई सामाजिक संजालमा उनका सहकर्मीहरुले शिघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।

गौडेल ‘कमेडी नाइट विथ च्याम्पियन्स’को ४ वटा एपिसोडसम्म पर्दामा देखिएका थिए । त्यसपछि भने उनी विरामी भए । उनले अभिनय गरेको पछिल्लो फिल्म ‘रेशम फिलिली’ हो । जहाँ, उनको कामको निकै चर्चा भएको थियो ।