रविको मुद्दामा आदेश लेखिँदै, केहीछिनमै आउने



काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई गैरकानुनी रुपमा थुनामा राखिएको जिकिर गर्दै परेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा शुक्रबार जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठी तथा अधिवक्ता रामचन्द्र आरसी गौतमले बहस गरेका थिए ।


रविसँगै पूर्वडीआइजी छविलाल जोशीको बन्दी प्रत्यक्षीकरणको मुद्दामा पनि सुनुवाइ सकिएको छ । जाहेरवालाका कानुन व्यवसायीको बहसपछि वरिष्ठ अधिवक्ताहरु सुशीलकुमार पन्त र रमनकुमार श्रेष्ठले लामिछाने तथा सतिषकृष्ण खरेलले जोशीको तर्फबाट जवाफी बहस गरेका थिए । सुनुवाइ सकिएकाले आदेश लेखनको कार्य सुरु हुँदैछ । आजै आदेश आउनेछ ।


अहिले जाहेरवालाको तर्फबाट बहस जारी छ । अधिवक्ता आरसी गौतमले रविलाई जेल हाल्नुपर्ने तर्क गर्दै जाहेरवालाको तर्फबाट बहस गरेका छन् । बुटवलको सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा लगी हिनामिना गरेको अभियोगमा जिल्ला अदालत रुपन्देहीले रविलाई एक करोड धरौटीमा रिहा गरेको थियो ।

तर जिल्ला सरकारी वकिल कार्यालयले उच्च अदालत बुटवल इजलासमा पुनरावेदन गरेपछि रविलाई मुद्दाको पुर्पक्ष जेलमै बसेर गर्ने आदेश दिई जिल्लाको आदेश बदर गरेको थियो । रविले उच्चको आदेश बदर गर्नुपर्ने माग गरी सामान्य तारेखमा छाड्न सर्वोच्चमा पुनरावेदन दिएका थिए । उकी पत्नी निकिता पौडेल र रवि आफैंले हालेको रिट निवेदनलाई एकै ठाउँमा राखेर सुनुवाइ भएको हो । रविका कानुन व्यवसायीले बन्दी प्रत्यक्षीकरणको रिट भन्दा पनि रविले हालेको पुनरावदेनमा उनलाई छाड्ने आदेश आउन सक्ने बताएका छन् ।