दुर्गेश थापाले गरे कविता नेपालीको प्रशंसा


काठमाडौं । अहिलेका चर्चित गायक तथा प्रस्तोता दुर्गेश थापाले अभिनेत्री एवं मोडेल कविता नेपालीको प्रशंसा गरेका छन् । २४ घन्टाभित्रै सगरमाथा र ल्होत्से हिमालको सफल आरोहण गरेर कविताले नारी शक्ति के हो भनेर संसारलाई देखाएको दुर्गेशको भनाइ छ ।

दुर्गेशले कवितामा धेरै प्रतिभा समेटिएको व्यक्ति भन्दै उनमा शक्ति, साहस र सिर्जनशीलताको अनुपम संगम रहेको पनि बताएका छन् । दुर्गेशको दुश्मन हेरेको हेर्यै गीतमा कविताले मोडलिङ गरेकी छन् ।

‘एक व्यक्तिमा धेरै प्रतिभा समेटिएको व्यक्तिको उदाहरण चाहिन्छ भने कविता नेपाली बहिनीलाई हेर्नुहोस्। शक्ति, साहस र सिर्जनशीलताको अनुपम संगम उनीभित्र छ। हाम्रो दुश्मन हेरेको हेरै गीत सबैमाझ यसरी चर्चित हुनुमा बहिनीको पनि उत्तिकै हात छ। विश्वको सर्वोच्च शिखर सगरमाथा र चौथो अग्लो ल्होत्से हिमाल आरोहण गरेर नारीको शक्ति के हो भन्ने कुरा संसारलाई देखाउनु भएकी उहाँजस्ता शक्तिशालि व्यक्तिलाई हार्दिक बधाई र भविष्यका अनेको कीर्तिमानहरूको लागि शुभकामना,’ दुर्गेशले भनेका छन् ।