महरा प्रकरणमा जोडिएकी रोशनी शाही मृत फेला 


भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोटमा ५० वर्षीया रोशनी शाही मृत अवस्थामा फेला परेकी छिन् ।बालकोटको बृहस्पति मार्गस्थित लक्ष्मीश्वर महतोको तीनतले घरमा डेरा गरेर बस्ने शाही मृत अवस्थामा फेला परेकी हुन् ।

भक्तपुरका एसपी माधव बुढाथोकीका अनुसार, आइतबार दिउँसो १ बजेर ५० मिनेटमा कोठाभित्रै मृत अवस्थामा उनी फेला परेकी हुन् । भित्रबाट चुकुल लगाएको कोठाभित्र उनको शव फेला परेको हो ।

शाहीको स्थायी घर जाजरकोट रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा सुसाइड नोट पनि फेला परेको छ ।