काठमाडौं । अभिनेत्री एवं निर्माता रेखा थापा आफ्नो फिल्मी करियरको यात्रामा पहिलोपल्ट रंगमञ्चको स्टेज उक्लिँदै छिन् । उनलाई ‘मीरा’ नाटकले यो अवसर जुराएको हो ।
रेखाले ‘मीरा’ मार्फत दर्शकलाई भेट्न आतुर रहेको जानकारी दिएकी छन् । सोमबार दिउँसो सामाजिक सञ्जालमार्फत उनले ‘मीरा’ नाटकको फस्ट लुक्स पनि सार्वजनिक गरेकी छन् ।
आफ्नो कलाकारिता जीवनमै पहिलोपटक रंगमञ्चको स्टेज उक्लिन पाउँदा उत्साहित भएको जनाउँदै आफ्ना लागि ‘मीरा’ विशेष रहेको उनले बताएकी छन् ।
‘मीरा यही जेठ १५ गतेबाट सुरु हुँदैछ । मेरो कलाकारिता जीवनमै पहीलोपटक म रंगमञ्चको स्टेज उक्लदैछु, त्यसैले पनी मीरा मेरो लागि विशेष छ । मीराको फस्ट लुक आज यहाँहरुलाई साझा गर्दैछु । जेठ १५ गतेदेखि हरेक साँझ ५ः३० बजे कान्तिपुर फिल्म एकेडेमीको नाटकघर, कान्तिपुर थिएटर, गैह्रीधारामा म यहाँहरुसँग प्रत्यक्ष भेट्न आतुर छुँ,’ रेखाले भनिन् ।
रेखा पचासको दशकमा नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् । उनले ‘हिरो’ चलचित्रमार्फत डेब्यु गरेकी थिइन् । जुन चलचित्रमा राजेश हमाल मुख्य भूमिकामा थिए ।
प्रतिक्रिया