काठमाडौं – जापान सरकारले नेपाललाई ५७ करोड २० लाख जापानी येन (करीब ५३ करोड ७६ लाख रुपैयाँ) बराबरको अनुदान प्रदान गर्ने भएको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अनुदान स्वीकार गर्ने निर्णय गरेको छ।
उक्त अनुदान जापान सरकारद्वारा सञ्चालन हुने छात्रवृत्ति परियोजनामा खर्च गरिने जनाइएको छ।
प्रतिक्रिया