पोखरा — नेकपा एमाले निकट युवा संघको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ।
निर्वाचनमा कुल १,७६४ प्रतिनिधि मतदाता रहेका मध्ये १,४०४ जनाले मतदान गरेका छन्। मतदान प्रक्रिया सम्पन्न भएपछि अहिले मतपेटिका खोल्ने तयारीस्वरूप मुचुल्का उठाउने काम भइरहेको छ।
निर्वाचन अधिकृत चिरञ्जीवी पोखरेलका अनुसार तीन घण्टाभित्र नतिजा सार्वजनिक हुने अनुमान गरिएको छ।
अध्यक्ष पदका लागि निवर्तमान अध्यक्ष क्षितिज थेबे र निवर्तमान महासचिव सुमन पुरी प्रतिस्पर्धामा छन्। दुबै उम्मेदवार आ-आफ्नो टिमसहित चुनावी मैदानमा उत्रिएका छन्।
प्रतिक्रिया