विपक्षीले संसद् नखुलाउने, गृहमन्त्रीले राजीनामा नदिने


काठमाडौँ, – विपक्षी दलहरूको बैठक सकिएको छ। बैठकले गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा राजीनामा नदिएसम्म संसदमा जारी अवरोध कायम राख्ने निर्णय गरेको छ।

नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले भने, “गृहमन्त्रीले राजीनामा नदिएसम्म हिजोको आन्दोलन यथावत् राख्ने निर्णय भएको छ।”स्रोतका अनुसार, गृहमन्त्री लेखकले प्रधानमन्त्रीको सल्लाहकार टिमसहित पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई सँगै राखेर राजीनामा दिने तयारी रहेको जनाइएको छ।

यता, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले भने यो घटनालाई व्यक्तिविरुद्धको नभई सत्ता गठबन्धनविरुद्धको षड्यन्त्र भएको बताएका छन्। उनले, “यो तपाईंविरुद्ध होइन, गठबन्धनविरुद्धको चाल हो, हामीले सामूहिक रूपमा प्रतिवाद गर्नुपर्छ,” भन्दै गृहमन्त्रीलाई राजीनामा नदिन सुझाव दिएका छन्।

यसबीच संसद अवरुद्ध भइरहेकाले आगामी दिनमा राजनीतिक सरगर्मी अझ चुलिन सक्ने अनुमान गरिएको छ।