टुट्यो लालबाबु पण्डितको प्रेमजोडी


काठमाडौं – पूर्वमन्त्री एवं एमाले नेता लालबाबु पण्डितलाई पत्नी शोक परेको छ। उनको पत्नी विमला महतको बिहीबार बिहान निधन भएको हो।

उपचारको क्रममा पौने १ बजे पत्नीको निधन भएको हो। २०२२ मा ललितपुरमा जन्मेकी विमलासँग पण्डितको एमालेको बल्खुस्थित तत्कालीन पार्टी कार्यालयमा जनवादी बिहे भएको थियो।

विममा करिब डेढ वर्षदेखि मायसाइटिस भन्ने दुर्लभ रोगबाट ग्रसित थिइन्। केही दिन अगाडि अस्पतालको बेडमा पत्नी रहँदा तस्बिर राख्दै पण्डितले भनेका थिए, ‘जीवन संघर्ष हो प्रिय, हामी बढी पीडामा छौं, सधैं यस्तै रहँदैन छिटो निको होस् ।र शुभेच्छुक प्रति कृतज्ञ छौँ।’ तर विमलाले बिहीबार बिहान पण्डितलाई एक्लो बनाएर गएकी छन् ।

लालबाबु र विमलालाई एमालेमा आदर्श जोडी मानिन्थ्यो । पत्नी अस्पतालको बेडमा हुँदा पनि सबै स्याहारसुसार पण्डितले नै गर्दै आएका थिए ।