काठमाडौं – गणतन्त्र खारेज गर्न र राजसंस्था पुनःस्थापनाको आन्दोलनमा उत्रिएको राप्रपाका नेताहरूलाई बिहीबार भ्याइ नभ्याइ छ । आजैदेखि राजसंस्था पुनःस्थापनाको अनिश्चितकालीन आन्दोलनमा ओर्लिएको राप्रपाका नेताहरुलाई पार्टी स्थापना दिवसको कार्यक्रममा जाने कि, सडक आन्दोलनमा जाने कि वा बजेट सुन्न संसद् जान्ने भन्ने अलमल भएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले आज आफ्नो ३५औं स्थापना दिवस मनाउँदैछ । राप्रपाको स्थापना दिवस गणतन्त्र दिवसकै दिन पर्छ । प्रजातन्त्र पुनःस्थापना पश्चात २०४७ जेठ १५ गते एकैदिन पूर्वपञ्चहरुका दुई पार्टी जन्मिएका थिए । राप्रपा (थापा) र राप्रपा (चन्द) नाममा जन्मेका दुई पार्टीको नेतृत्व सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दले गरे । अहिले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले जेठ १५ लाई स्थापना दिवस मनाउने गरेको छ । आज पनि लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपाल अस्तित्वमा छ ।
स्थापना दिवसका अवसरमा आज पार्टी कार्यालयमा अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको झण्डोत्तलन गरेका छन् । स्थापना दिवसपछि राजसंस्था पुनःस्थापनाका लागि आन्दोलन र त्यसपछि बजेट भाषण सुन्न राप्रपा सानंसद संसद जानेछन् ।
प्रतिक्रिया