काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो गन्तव्य छनोट गर्न आह्वान गरेका छन् । गणतन्त्र दिवसका दिन संक्षिप्त भनाइ सार्वजनिक गर्दै शाहले अहिलेको अवस्थालाई संकटग्रस्त र जंर्जरता भनी टिप्पणी गरेका छन् ।
केही दिनअघि मात्रै सपरिवार झापा गएका पूर्वराजा शाह केही दिन उतै बस्नेछन् । राजावादी दल र समूहले राजसंस्था पुनःस्थापना र हिन्दु राष्ट्रको माग राख्दै अनिश्चितकालीन आन्दोलन सुरु भएकै दिन पूर्वराजाले आफ्नो मुख खोलेका हुन् ।
‘आजका अनेकौं पीडा, जर्जरता– व्यथा, वेदना र संकटग्रस्त तथा अन्योलग्रस्त अवस्थामा हामीले निर्वाह गर्नुपर्ने राष्ट्रिय दायित्व के हो ? हामीले के गर्ने हो र हाम्रो गन्तव्य के हो ? यसबारेमा पनि हाम्रो स्पष्ट सोचाइ हुनुपर्छ,’ पूर्वराजा शाहले भनेका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहकै मार्गनिर्देशनमा राप्रपा, राप्रपा नेपाल, राष्ट्रिय शक्ति नेपाललगायतले गणतन्त्र खारेज हुनुपर्ने र राजसंस्था पुनःस्थापना हुनुपर्ने भनी काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका छन् ।
प्रतिक्रिया