संघीय संसदमा बजेट प्रस्तुत


काठमाडौं । संघीय संसदमा आगामी आर्थिक वर्ष २०८२÷८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस भएको छ । संसद् भवन नयाँ बानेश्वरमा संघीय संसदको संयुक्त बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले आगामी आवको बजेट प्रस्तुत गरिरहेका छन् ।

यसअघि सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आगामी आवको बजेट पारित गरेको थियो । प्रत्येक वर्ष जेठ १५ गते आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ । विपक्षी दलहरूले बजेट ल्याउन संसद् अवरोध गरेका छैनन् ।

सरकारले विदेशमा रहेका विशेषज्ञ र सीपयुक्त नेपालीलाई नेपालमै फर्काउन आर्कषित योजना ल्याउने बताएका छ । उनीहरुलाई स्वदेशमै फर्काएर उद्यमशिलता र स्वरोजार बन्न आर्कषित गरिने सरकारको भनाइ छ । यस्तै, नवपवर्तन र उद्यमशिलता विकास गर्न युवा लक्षित रोजगार सिर्जना गरिने उअर्थमन्त्री पौडेलको भनाइ छ ।