सहकारी ठगको सम्पत्ति रोक्का गरिने, हदबन्दीभन्दा बढी जग्गा बिक्री गर्न पाउने



काठमाडौं –
सरकारले समस्याग्रस्त सहकारीको बचत रकम फिर्ता गर्न चक्रीय कोष स्थापना गर्ने भएको छ। अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत यो घोषणा गरेका हुन्। ‘सहकारीमा रहेको पाँच लाखसम्मको बचत निक्षेप तथा कर्जा सुरक्षण कोषमार्फत सुरक्षित गरिनेछ,’ अर्थमन्त्री पौडेलले भने, ‘सहकारीको रकम अपचलन गर्नेको सम्पत्ति लिलाम गरी प्राप्त रकमबाट बचतकर्तालाई फिर्ता गर्न चक्रीय कोष स्थापनाका लागि बीउ पूँजीको व्यवस्था गरिएको छ।’ यसैगरी, समस्याग्रस्त सहकारीका सञ्चालक, पदाधिकारी र कर्जा अपचलनकर्ताको सम्पत्ति तथा राहदानी रोक्का गरिने बजेट भाषणमा उल्लेख छ। अर्थमन्त्री पौडेलले हदबन्दीभन्दा बढी जग्गा खरिदबिक्री गर्न पाउने घोषणा गरेका छन् ।