शिक्षित युवालाई व्यवसाय गर्न बिना धितो २० लाख ऋण पाउने


काठमाडौं । सरकारले शिक्षित युवालाई उद्यम गर्न बिना धितो २० लाख रुपैयाँसम्म कर्जा दिने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठक आगामी आर्थिक वर्ष ०८२/८३ को बार्षिक बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

‘शिक्षित युवालाई उद्यमशिल र स्वरोजगार बनाउन शैक्षिक यौग्याता, व्यवासय दर्ता, परियोजना प्रस्ताव आधारका आधारमा बिना धितो दुईदेखि २० लाख ऋण ३ प्रतिशत व्याजदरमा सहुलियत पूर्ण कर्जा दिइनेछ,’ उनले बताए ।

Enter