काठमाडौं । राजसंस्था पुनः स्थापना गर्न भन्दै काठमाडौं केन्द्रित आन्दोलनमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनका निजी सवारी चालक रामशरण चौलागाई कुटिएका छन् ।
बिहीबार मैतीदेवीदेखि रत्नपार्कतर्फ गइरहेको जुलुसको नेतृत्व लिङ्देनले गरेका थिए । बागबजार लिङ्देनको गाडी लिएर पुगेका चौलागाईलाई अज्ञात समूहले कुटपिट गरेको हो ।
राजावादी कार्यकर्ताले एमाले कार्यकर्ताले कुटपिट गरेको आरोप लगाएका छन् । ‘हाम्रो पार्टीका अध्यक्षज्यूको निजी सवारी चालकमाथि एमाले कार्यकर्ताले कुटपिट गरेका हुन् । हामीले त्यसको विरोध गरेका हौं । कुटपिट गर्ने व्यक्तिलाई ट्राफिक प्रहरीले समातेर लगेको छ,’ एक राजावादी कार्यकर्ताले भने ।
लिङ्देनका सवारी चालक चौलागाईमाथि कुटपिट भएको भन्दै राजावादी कार्यकर्ताले नाराबाजी गरेका थिए । चौलागाईलाई नजिकैको मेडिकलमा उपचारका लागि लगिएको थियो ।
प्रतिक्रिया