कर्मचारीको तलब बढेन, महँगी भत्ता पाँच हजार दिइने


काठमाडौ । सरकारले यसपटक पनि निजामती कर्मचारीको तलब वृद्धि गरेन । तीन वर्षयताको बजेटमा कर्मचारीको तलब बढेको छैन । त्यसैले यसपटक अर्थमन्त्री विष्णु पौडेलले तलब बढाउने कर्मचारीले अपेक्षा गरेका थिए ।

तर अर्थमन्त्री पौडेलले कर्मचारीको तलब नबढाएर महँगी भत्ता वृद्धि गरेका छन् । अर्थमन्त्री पौडेलले महँगी भत्ता पाँच हजार दिने उल्लेख गरेका छन् । यसअघि महँगी भत्ता दुई हजार दिने सरकारले घोषणा गरेको थियो । तर यसपटक भने पाँच हजार दिइने भएको छ ।