काठमाडौं – आर्टमाण्डू नेपालको ब्यानरमा निर्माण भएको चलचित्र ‘ऊनको स्वीटर’ ले प्रदर्शनको चौथो हप्तामा प्रवेश गर्दै उल्लेखनीय व्यापार गर्न सफल भएको छ। निर्माण पक्षका अनुसार, यो चलचित्रले हालसम्म देशभरबाट १० करोड ५ लाख रुपैयाँ ग्रस आम्दानी गरेको छ।
रिलिजको चौथो हप्तासम्म आइपुग्दा पनि देशभर १०० भन्दा बढी शो पाइरहेको यस चलचित्रले नेपाली चलचित्रका लागि राम्रो उपलब्धि हो । नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको चलचित्रले पहिलो दिनदेखि नै सकारात्मक समीक्षासहित दर्शकको मन जित्दै आएको छ।
कथावस्तु, संवाद, निर्देशन र कलाकारहरूको उत्कृष्ट अभिनयले दर्शकलाई सिनेमाघरसम्म तान्न सफल भएको ‘ऊनको स्वीटर’ मा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर र सुनिल पोखरेलले अभिनय गरेका छन्।
चलचित्रले सिनेमा हलहरूमा लगातार हाउसफुल शो दिइरहेका छन् भने समीक्षक र दर्शक दुवैबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
हालसम्म ओभरसिज कलेक्सन सार्वजनिक नभए पनि विदेशी बजारमा पनि चलचित्रले राम्रो प्रदर्शन गरिरहेको बताइएको छ।
देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमाजले ‘ऊनको स्वीटर’ लाई व्यापारको आधारमा सुपरहिटको घोषणा गरेको छ।
प्रतिक्रिया