आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने सरकारको निर्णय


काठमाडौं – सरकारले आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख गरेको छ ।

आइतबार रातो मत्स्येन्द्रनाथ रथयात्राअन्तर्गत भोटोजात्रा देखाइने भएकाले काठमाडौं उपत्यकामा मात्र सार्वजनिक बिदा दिने निर्णय भएको जनाइएको छ । गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले भोटोजात्राका दिन उपत्यकाका ललितपुर, भक्तपुर र काठमाडौं जिल्लामा मात्र बिदा दिइने बताए ।

वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको एक महिना लामो जात्रा जेठ १८ गते समापन हुँदैछ । राष्ट्रप्रमुखलाई भोटोजात्रा देखाउने चलन छ ।