१५ दिनअघि नै नेपाल भित्रियाे मनसुन


यसपालिकाे दक्षिण एसियाली मनसुन सरदरभन्दा १५ दिन अगाडि नै नेपाल भित्रिएकाे छ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार रातिबाट नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुन विस्तार भएको छ। फलस्वरुप कोशीका अधिकांश मौसम केन्द्रमा हल्का देखि मध्यम मनसुनी वर्षा भएको छ।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो। यस वर्षको मनसुन सरदर मितिभन्दा १५ दिन छिटो नेपाल प्रवेश गरेको छ । नेपालका अन्य भू-भागहरूमा मनसुनको प्रभाव विस्तार हुन अझै केही समयमा लाग्‍ने महाशाखाले जनाएकाे छ। हाल देशको बाँकी भू-भागमा भने पश्चिमी वायू र स्थानीय वायूको प्रभाव यथावत छ।