काठमाडौं – अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा भएको वृद्धिको प्रभाव नेपाली बजारमा पनि देखिएको छ। सोमबारको तुलनामा आज सुनको मूल्य तोलामा २,९०० रुपैयाँले र चाँदीको मूल्य ५५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार, आज छापावाल सुनको मूल्य तोलाको १ लाख ९२ हजार ७०० रुपैयाँ पुगेको छ भने चाँदीको मूल्य तोलाको २ हजार ४५ रुपैयाँ निर्धारण गरिएको छ।
यता अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस ३,३७६ डलर पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
प्रतिक्रिया