काठमाडौं । स्कटल्याण्डमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ को एकदिवसीय शृंखलाको अन्तिम खेलमा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ । खेल नेपाली समयअनुसार अपरान्ह पौने ४ बजेदेखि डुन्डीमा सुरु हुनेछ ।
नेपालले अघिल्लो खेलमा नेदरल्याण्ड्सलाई हराएको थियो । पहिलो खेलमा स्कटल्याण्ड र दोस्रो खेलमा नेदरल्याण्ड्सलाई हराएको नेपाल तेस्रो खेलमा कीर्तिमानी जितबाट २ रनले चु्केको थियो ।
यस शृंखलामा नेदरल्याण्ड्सले भने जित निकाल्न बाँकी नै छ । नेपाल र स्कटल्याण्डसँग १–१ खेल खेलेको नेदरल्याण्ड्स दुवै खेलमा पराजित भएको छ ।
हालसम्म नेपाल र नेदरल्याण्ड्सबीच ओडिआईमा भएका ६ खेलमध्ये ३ खेल नेपालले जितेको छ भने नेदरल्याण्ड्सले ३ खेल जितेको छ ।
लिग २ को अंकतालिकामा २२ खेलबाट २६ अंक भएको नेदरल्याण्ड्स दोस्रो स्थानमा छ भने नेपाल १५ खेलमा १० अंक जोडेर सातौं स्थानमा छ ।
प्रतिक्रिया