प्रतिनिधि सभा अवरोधबारे छलफल गर्न विपक्षी दलहरूको बैठक आज बस्दै


काठमाडौं — प्रतिनिधि सभाको अवरोधका विषयमा छलफल गर्न विपक्षी दलहरू आज बैठक बस्न लागेका छन्। नेताहरूका अनुसार बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमै बस्नेछ।

प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजेका लागि तय गरिएको छ। त्यसअघि विपक्षी दलहरू आन्तरिक रणनीति तय गर्न बैठकमा जुट्ने भएका छन्।

बुधबार बसेको विपक्षी गठबन्धनको बैठकले रास्वपाले अघि सारेको पाँच बुँदे सहमतिको मस्यौदालाई स्वीकार गर्दै सत्तापक्षसँग औपचारिक धारणा मागेको थियो। तर, सत्तापक्षले उक्त मस्यौदालाई स्वीकृति दिन नसकिने बताएको छ।