कुनै समय नायिका उपासना सिंह ठकुरीलाई ‘लक्की’ नायिका मानिन्थ्यो । लगातार फिल्म चलेपछि नायिका ठकुरीको पछाडि ‘लक्की’ जोडियो । तर, उनका फिल्मले पनि व्यापारिक रुपमा असफलता हासिल गर्न थालेपछि उनको ‘लक्की’ उपनामले काम गर्न छाड्यो ।
यता, अहिले नायिका अञ्जना बराइलीलाई यही भन्न थालिएको छ । केही फिल्मले सुखद कमाई गरेपछि अन्जनालाई ‘लक्की’ नायिका भन्न थालिएको छ । अन्जना पनि यो कुराले दंग छिन् ।
उसो त उनले अभिनय गरेको फिल्म ‘डोरी’ले व्यापारिक रुपमा हरिविजोग कमाई गरेको उदाहरण पनि छ । उनै, अञ्जनाको नयाँ फिल्म ‘महाभोज’ रिलिजमा आउँदैछ । भोलिबाट यो फिल्म हलमा लाग्दैछ ।
यो फिल्म चलेको खण्डमा अन्जनालाई भन्दै आएको ‘लक्की’ उपनामले काम गर्नेछ । तर, यो फिल्म चलेन भने अञ्जनाको यो उपनाम पनि संकटमा पर्नेछ । उसो त अञ्जना आफै पनि फिल्म चल्न थालेपछि मेकरले सुटिङ सेटमा नै अफर गर्न थालेको बताउन थालेकी छिन् ।
के अञ्जनाको ‘लक्की’ चार्मले यसपटक काम गर्ला त ? ‘महाभोज’ चल्यो भने उनको डिमाण्ड अझै बढ्ने छ ।
प्रतिक्रिया