अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना, २४२ यात्रु सवार


काठमाडौं — भारतको गुजरातस्थित अहमदाबाद विमानस्थल नजिकै एक विमान दुर्घटना भएको छ।

इन्डिया टुडेको रिपोर्टअनुसार, बिहीबार दिउँसो अहमदाबादको मेघानी क्षेत्रमा रहेको विमानस्थल नजिकै यो दुर्घटना भएको हो।

अहमदाबादबाट लन्डनका लागि उडेको एयर इन्डियाको बोइङ ७८७–८ ड्रीमलाइनर विमान उडेको केही समयमै दुर्घटनामा परेको जनाइएको छ। उक्त विमानमा २४२ यात्रु सवार थिए।

दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी भए पनि घटनास्थल नजिकको दृश्यमा आकाशमा बाक्लो कालो धुवाँ देखिएको रिपोर्ट गरिएको छ।

दुर्घटनापछि सातवटा दमकलसहित आपतकालीन उद्धार टोली तुरुन्त घटनास्थलमा पुगेका छन्।