दुर्गेशको जापानको भिसा नलागेको कि पासपोर्ट फिर्ता मागेका ?



जापानमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रममा गायक दुर्गेश थापा पनि आउने भन्दै आयोजकले प्रचार गर्यो । तर, अकस्मात दुर्गेशको भीसा लागेन । जापानले भीसा नदिएपछि दुर्गेश जापान जान पाएनन् । अन्य कलाकारहरु भने जापान उडिसकेका छन् ।

तर, गायक थापाले भने आफूले कुवेतको कार्यक्रममा जानका लागि पासपोर्ट फिर्ता मागेको उल्लेख गरेका छन् ।

उनले सामाजिक संजालमा लेखेका छन्–‘नेपाल महोत्सव जापानको सन्दर्भमा मलाई गल्कोट समाज जापानबाट कल र सन्देशहरु निरन्तर आइरहेका थिए । आयोजक संस्थाले तपाइलाई कार्यक्रममा लैजानु हाम्रो जिम्मेवारी हो भनेर आग्रह गरेपछि, म पनि उत्साहित थिएँ र हुन्छ भनेर सकारात्मक प्रतिक्रिया पनि दिएको थिएँ ।’

गायक थापाले जुन ७ मा कुवेतमा आयोजना भएको कार्यक्रम आफूले पहिले नै संझौता गरेको उल्लेख गर्दै जापानको कार्यक्रममा जानु तत्लका सम्भव नभएको बताएका छन् ।

उनले, कुवेतको कार्यक्रम नजिकिदै गर्दा पासपोर्ट विना विदेश जान नसकिने हुँदा आफूले पासपोर्ट ३ दिनमै फिर्ता लिएको पनि दुर्गेशले उल्लेख गरेका छन् ।

दुर्गेशले नेपाल महोत्सव जापानसँग कुनै पनि संझौता नगरेको र प्रचार सामाग्री पनि सम्प्रेषण नगरेको लेखेका छन् ।

उनले, कुनै पनि भ्रममा नपर्न दर्शकहरुलाई आग्रह गरेका छन् । गायक थापाको सांगीतिक कार्यक्रममा व्यस्तता अहिले निकै बढेको छ । उनी, नेपाल तथा विदेशका सांगीतिक कार्यक्रममा सर्वाधिक माग भएका गायक हुन् ।