काठमाडौं – परराष्ट्रमन्त्री डा. आरजु राणा र नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीबीच लफडा उत्कर्षमा पुगेको छ । नागरिक दैनिकमा आफ्नो परिवारविरुद्ध प्रकाशित समाचारबारे देउवाले ज्ञवालीलाई फोन गरेर धम्क्याएको उनको आरोप छ । तर देउवाले भने आफूले चासो मात्र राखेको तर समाचारमा आएको जस्तो कुनै कुरा नभएको उल्लेख गरेकी छन् । उनै ज्ञवालीले अफवाह फैलाएको टिप्पणी गरेकी छन् ।
आफ्नो परिवारको बारेमा आएको समाचारको विषयमा कुरा गरेको स्वीकार गर्दै राणाले त्यसको न्यायिक निरुपणमा बारेमा मात्र कुराकानी भएको उनको दनबी छ । ‘म आफू नियमित पाठक रहेको न्युयोर्क टाइम्सजस्तो मिडियाको सहयात्री प्रकाशनले पनि सोही भ्रामक भिडियोलाई स्रोत मानेर समाचार प्रकाशन गर्नुभन्दा सत्य तथ्य बुझेर मात्र समाचार प्रकाशन गर्नुपर्ने सुझाव दिएकी हुँ,’ उनले भनिन्, ‘तर हामीबीच भएको फोन संवादलाई तोडमोड गरेर उहाँले आफूलाई धम्की आएको भनेर आफ्नै पत्रिकामा समाचार प्रकाशन गरेको देख्दा मलाई अचम्म लागेको छ ।’
सञ्चारकर्मी दिलभुषण पाठकले युट्युबमा राखेको हिल्टन होटलबारेको समाचारले आफ्नो परिवारको चरित्रहत्या गरेको जानकारी मात्र गराएको तर त्यसलाई तोडमरोड गराएको उनको दाबी छ ।
‘मिडियाको सबैभन्दा ठूलो पक्ष जिम्मेवारीबोध र विश्वसनीयता गुमाउनुहुदैन भन्ने मेरो धारणा हो । लोकतन्त्र र प्रेस एक अर्काका परिपूरक भएकाले कुनै पनि व्यक्तिको वैयक्तिक स्वतन्त्रताप्रति मिडिया पनि जिम्मेवार हुनुपर्छ भन्ने मेरो धारणा हो । स्वभावैले मिडिया पिडितमैत्री हुन्छ भन्ने मेरो बुझाई हो। यसैका आधारमा राखिएका कतिपय धारणारुलाई प्रेसले धम्कीपूर्ण भाषाका रुपमा बुझ्नु दुःखद हो,’ उनले भनेकी छन् ।
प्रतिक्रिया