विशाल भण्डारीलाई प्रधानमन्त्री कार्यलयले बोलाएको कुरा के हो ?



मंगलबार सार्वजनिक भएको ‘कमेडी नाइट्स विथ च्याम्पियन’मा राष्ट्रिय स्वतन्त्र पार्टीका ४ सांसदलाई बोलाइएको थियो । उक्त शोजमा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि व्यङ्ग्य गरिएको थियो ।

यो शो प्रशारण भएपछि शोजका निर्देशक विशाल भण्डारी सिंहदरबारमा देखिए । उनी, किन सिंहदरबार गए भन्ने चर्चा खुबै चलिरहेको छ । कतिपयले, प्रधानमन्त्री कार्यालयबाट उनलाई सोधपुछका लागि बोलाइएको भन्ने सम्मको चर्चा गरे ।

तर, विशालले आफूलाई प्रधानमन्त्री कार्यलयले नबोलाएको स्पष्टिकरण दिएका छन् ।

सामाजिक संजालमा स्टाटस लेख्दै उनले भनेका छन्–‘गएको भाग र एउटा इन्स्टा स्टोरीलाई जोडेर अनुमानकै भरमा यसरी अतिरञ्जित बनाउनु कदापी सही हैन । म एक जना मित्रसँगको नितान्त व्यक्तिगत भेटघाटका लागि सिंहदरबार गएको हुँ ।’

उनले बिक्छ भन्दै गफगाफ नबेच्न पनि आग्रह गरेका छन् । प्रधानमन्त्री कार्यालयसँग आफ्नो सिंहदबार प्रवेशको कुनै सम्बन्ध नरहेको उनको भनाई छ ।