यसअघि दशैंको फूलपातिमा आधा दर्जन फिल्म रिलिज हुने चर्चा थियो । तर, विविध कारणले एकपछि अर्को फिल्मले प्रदर्शन मिति पोष्टपोन्ड गरेपछि दशैंको फूलपातिमा तीन वटा मात्र फिल्म रिलिज हुने देखिएको छ ।
फिल्म ‘महाराजधिराज’ नायक पल शाहले छाडेपछि दशैंमा नआउने निश्चित जस्तै छ । किनकी, फिल्मको छायांकन अब कहिले सुरु हुन्छ टुंगो छैन । दुई महिना त फिल्मको छायांकनमा समय नै लाग्छ । यस्तो अवस्थामा फिल्म दशैंमा नआउने निश्चित रहेको वुझिएको छ ।
दशैंमा नै आउने भनिएको फिल्म ‘परालको आगो’को निर्माणपक्षले पनि पोष्टपोन्ड गरिसकेको छ । अन्य फिल्मका निर्माताले फूलपातिलाई प्रदर्शन मितिको रुपमा तोकेका छैनन् ।
फिल्म ‘जारी २’लाई दशैंमा नै रिलिज गर्ने बताइएपनि फूलपातिमा यो फिल्म रिलिज नहुने वुझिएको छ । यसरीहेर्दा, अब दशैंको फूलपातिमा ३ वटा फिल्म मात्र रिलिज हुने देखिन्छ ।
अब, यो मितिमा ‘बलिदान, माइतीघर र हरिवहादुरको जुत्ता’ रिलिज हुने निश्चित छ । यी तीन मध्ये ‘बलिदान’ एक्सन फिल्म हो भने बाँकी दुई फिल्म पारिवारिक कथामा बनेका फिल्म हुन् ।
अब, यी तिन फिल्ममध्ये कसको ओपनिङ बम्पर हुन्छ, हेर्न बाँकी छ ।
प्रतिक्रिया