फिल्म ‘अ बाट आमा’मा नायिका विपना थापा र नायक पल शाहपछि भारतीय कलाकार प्रदिप रावत फाइनल भएका छन् ।
उनीसँग निर्माणपक्षले कागजी संझौता गरेको छ । फिल्मका निर्देशक चन्द्र पन्तले प्रदीपसँग कागजी संझौता भइसकेको जानकारी दिए । यो फिल्ममा नायक पल शाहको पिताको भूमिकामा प्रदीप देखिन लागेका हुन् ।
प्रदीपले यो फिल्ममा काम गर्न पाउँदा निकै खुशी लागेको सुनाए । यो फिल्ममा उनी नितान्त नेपाली लोकमा नेपाली स्टाइलको भूमिकामा देखिन लागेको निर्देशक पन्तको भनाई छ ।
प्रदीपलाई फिल्म ‘ह्रस्व दीर्घ’मा नायिका नीता ढुंगानाको भूमिकामा चन्द्रले उतारेका थिए । दर्शकले उनलाई यो फिल्ममा निकै मन पराएका थिए । अब उनलाई फिल्म ‘अ बाट आमा’मा पनि दर्शकले रुचाउने अपेक्षा गर्न सकिन्छ ।
अभिमन्यू निरवीले यो फिल्मको कथा तयार पारिरहेका छन् । भदौबाट फिल्मको छायांकन सुरु हुनेछ । फिल्ममा प्रदीप रावतको साथमा नायिका विपना थापा, नायक पल शाह फाइनल भइसकेका छन् ।
फिल्मको केही दृश्यको छायांकन लण्डनमा भइसकेको छ । फिल्मलाई फागुनको १५ गतेबाट रिलिज गर्ने तयारी निर्माणपक्षको छ ।
प्रतिक्रिया