नेपाल र नेदरल्यान्डबीच सोमबार टी२० क्रिकेट खेल हुँदै


काठमाडौं – स्कटल्याण्डको ग्लास्गोमा आइतवारदेखि त्रिदेशीय टी२० क्रिकेट शृंखला प्रारम्भ हुँदैछ । शृंखलाको पहिलो खेलमा स्कटल्याण्ड तथा नेदरल्यान्डस् भिँड्दै छन् । यो खेल नेपाली समयअनुसार साँझ ०६ः४५ बजेदेखि सुरु हुनेछ ।

नेपालले आफ्नो पहिलो खेल सोमवार नीदरल्याण्ड्सविरुद्ध खेल्ने छ । शृंखला असार ६ गते शुक्रवार सम्पन्न हुनेछ ।

टी२० खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीमा रुपेश सिंह तथा किरण ठगुन्नाले डेब्यू गर्दैछन् । तीव्र गतिका बलर सोमपाल कामी र अलराउन्डर गुलशन झा अभ्यास खेलमा घाइते भएकाले टी २० शृंखला गुमाएका छन् ।

रोहित शर्माको कप्तानीमा मैदानमा उत्रिने नेपाली टोलीमा आशिफ शेख, कुशल भूर्तेल, अनिल साह, भीम सार्की, बसिर अहमद, दिपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, नन्दन यादव, रिजन ढकाल, किरण ठगुन्ना, लोकेश बम, रुपेश सिंह तथा आरिफ शेख छन् ।