cgdf]nsf] gofF lkmNd …af6’nf] h’gÚ
नायक अनमोल केसीले काम गर्न लागेको नयाँ फिल्मको नाम ‘बाटुलो जुन’ राखिएको छ । होम प्रोडक्सनमा बन्न लागेको फिल्मको तयारीमा अनमोल लागिरहेका छन् । फिल्मका निर्देशक तथा निर्माता भुवन केसीले कथालाई अन्तिम रुप दिन लागिपरेका छन् ।
पहिलो चरणको छायांकन एक साता गरेपछि निर्माणपक्षले भदौमा बाँकी छायांकन गर्नेछ ।
फिल्मले ग्रामीण परिवेशको कथा भन्नेछ । भुवन केसीले फिल्मको नाम चलचित्र विकास बोर्डमा दर्ता गरिसकेका छन् ।
फिल्ममा नायक अनमोल केसी गाउँले युवकको भूमिकामा देखिदैछन् । उनको साथमा फिल्ममा दुई नायिका हुने पक्का भइसकेको छ । तर, दुवै नायिका नयाँ हुने वुझिएको छ । दुवै नायिकालाई अडिसनबाट छनोट गरिएको वुझिएको छ ।
प्राय फिल्ममा अनमोल धनाढ्य बाबुको भूमिकामा देखिदै आएका छन् । यसपटक भने उनले आफूलाई गाउँले भूमिकामा प्रस्तुत गर्न लागेका हुन् ।
फिल्म ‘बाटुलो जुन’मा एसडी योगीले संगीत भरिसकेका छन् । एसडीले तयार पारेको गीतमा ‘बाटुलो जुन’ शब्द प्रयोग भएपछि निर्देशक केसीले सोही नाममा फिल्म बनाउन लागेका हुन् ।
फिल्मको बारेमा अरु केही पनि बताइएको छैन । तर, यो फिल्मलाई लिएर अनमोल केसी उत्साहित छन् ।
प्रतिक्रिया