यमले श्रृजनालाई ‘मिरमिरे’मा पनि दोहोर्याए



फिल्म ‘कार्साङ’बाट फिल्म क्षेत्रमा प्रवेश गरेकी नायिका श्रृजना निङलेखुले नयाँ फिल्म साइन गरेकी छिन् । उनले काम गर्न लागेको नयाँ फिल्मको नाम ‘मिरमिरे’ राखिएको छ । यो फिल्मलाई यम शेर्पाले लेखन तथा निर्देशन गर्दैछन् ।

यमले नै श्रृजनालाई फिल्म क्षेत्रमा प्रवेश गराएका थिए । उनले, दोस्रो फिल्ममा पनि श्रृजनालाई दोहोर्याएका छन् । फिल्ममा यसअघि नै नायकद्धय दयाहाङ राई र प्रकाश सपुत फाइनल भइसकेका छन् । फिल्मका लागि दयाले ६० लाख पारिश्रमिक लिएको चर्चा छ ।

यसअघि पनि दयाहाङ राइसँग नै काम गरेकी श्रृजनाले यसपटक पनि दयाहाङसँग नै पर्दा शेयर गर्दैछिन् । तर, फिल्ममा उनी दयाको जोडी हुन् या नायक प्रकाश सपुतको भन्ने खुलेको छैन ।

महत्वपूर्ण भूमिकामा अनुवन्धित हुन पाउँदा आफू निकै खुशी भएको श्रृजनाको भनाई छ । यार्सा फिल्मस्को प्रस्तुति रहने फिल्मले ग्रामिण परिवेशको कथा भन्नेछ । फिल्ममा यम शेर्पाको नै कथा छ ।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा निर्माता रहेको यो फिल्ममा गोविन्द बोहरा, सुदिप कुँवर र इश्वर श्रेष्ठ सह–निर्माताको रुपमा छन् । फिल्मका कार्यकारी निर्माता रोहित कट्टेल हुन् । फिल्मलाई यही वर्ष नै रिलिज गर्ने लक्ष्य निर्माताको छ ।