काठमाडौं – नयाँ बानेश्वरस्थित संसद भवनमा प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक झण्डै दुई घण्टा ढिलो गरी प्रारम्भ भएको हो ।
संसदमा २० दिनदेखि जारी अवरोध अन्त्य गर्न सभामुख देवराज घिमिरेले आइतबार प्रमुख सचेतकहरूको बैठक बोलाए पनि सहमति जुट्न सकेन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्ना अडान यथावत् राखेपछि अवरोध कायम नै रहेको छ ।
प्रतिक्रिया