डिस्चार्ज भइन् रचना



मंगलबारदेखि ह्याम्पस अस्पतालमा उपचार गराइरहेकी गायिका रचना रिमाल शनिबार डिस्चार्ज भएकी छिन् । अब, उनले केही समय सांगीतिक कार्यक्रमलाई विश्राम दिएर घरमै आराम गर्नेछिन् ।

सांगीतिक प्रस्तुतिका लागि रचना पश्चिम रुकुम पुगेको अवस्थामा अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो ।

उनको आन्द्रामा सक्रमण र पेटमा समस्या देखिएको थियो । आन्द्रामा संक्रमण भएपछि एन्टिबायोटिक्स चलाएर उनको उपचार गरिएको थियो ।

रचना अस्पताल भर्ना भएपछि नेपाली संगीत क्षेत्रका थुप्रै संगीतकर्मीहरु उनलाई भेट्न पुगेका थिए ।

गायिका रिमाल स्टेज कार्यक्रम र गीत रेकर्डिङमा व्यस्त बनेकी थिइन् ।