काठमाडौं – प्रतिनिधिसभामा जारी अवरोधका बीच सभामुख देवराज घिमिरेले संसद् बैठकको कार्यसूची अघि बढाएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले बैठक छाडेर बाहिरिएका छन्।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू वेल घेराउ गर्दै नाराबाजी गरिरहेका छन्, भने राप्रपाका सांसदहरू सुरुमा आसनमै उभिएर विरोध जनाउँदै थिए। तर केही समयपछि उनीहरूले बैठक बहिष्कार गर्दै संसद् भवनबाट बाहिरिएका हुन्।
यही अवरोधबीच सभामुख घिमिरेले आकस्मिक समय सञ्चालन गरिरहेका छन्।
त्यही क्रममा अर्थमन्त्री बर्षमान पुन पौडेल रोष्ट्रममा पुगेर मन्तव्य दिन थालेका छन्। तर, एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले बैठकमा उठेका विषयप्रति सभामुखको ध्यानाकर्षण गराएका छन्।
प्रतिक्रिया