२४औं वार्षिकोत्सवमा पनि गुहेश्वरी मर्चेन्टले अपांग सेवा संघलाई खाद्यान्न सामग्री उपलब्ध गरायको छ


काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैैंकिङ एण्ड फाइनान्स लिमिटेडले यस वर्ष पनि स्थापना दिवसको दिन पारेर ललितपुरको बुङमतीस्थित अपांग सेवा संघलाई खाद्यान्न सामग्री उपलब्ध गरायको छ ।

सात वर्षदेखि फाइनान्सले वार्षिकोत्सवको अवसरमा सहयोग गर्दै आएको छ । स्थापनाको २४औं वार्षिकोत्सवमा पनि सहयोग कार्यलाई निरन्तरता दिने गरी सो संस्थासँग सम्झौता गरेको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए । जसअनुसार फाइनान्सले जेठ ३० गते रक्तदान कार्यक्रमसमेत सम्पन्न गरेको थियो ।

फाइनान्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विगत वर्षदेखि नै वित्तीय साक्षरता तथा सामाजिक कार्यमा सहभागिता जनाउँदै आइरहेकोे र आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने संस्थाका सूचना अधिकारी तथा सहायक महाप्रबन्धक अर्चना प्रधानले बताइन् ।

संस्थाले मुलुकभर २३ वटा शाखा कार्यालय, चारवटा विस्तारित काउण्टरबाट सेवा प्रदान गर्दै एटिएम सेवा, सेफ डिपोजिट, लकर सेवा, डिम्याट खाता, मोबाइल बैकिङ सेवा प्रदान गर्दै आएको छ । संस्थाले आगामी दिनमा अझ सुदृढ, सरल, विश्वसनीय तथा गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्धतासमेत व्यक्त गरेको छ ।