काठमाडौं – इजरायल र इरानको बढ्दो तनावका कारण भइरहेको युद्धबाट आउन सक्ने गम्भीर समस्यालाई ध्यान दिँदै इजरायलमा रहेका नेपालीलाई अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन अपिल गरिएको छ ।
इजरायलस्थित नेपाली दूतावासले आइतबार सूचना जारी गर्दै आफ्ना नागरिकलाई सचेत गराएको हो । ‘यहाँ इजरायलस्थित विभिन्न स्थानहरूमा बसोबास गरिरहेका नेपालीहरुको सुरक्षा र हितको लागि यस दूतावासद्वारा २४ सै घण्टा खुल्ला रहने गरी दूतावासका निम्न कर्मचारीहरुको सम्पर्क नम्बर सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ ।
दूतावासले केही परेमा द्वितीय सचिव कुमारबहादुर श्रेष्ठ र तृतीय सचिव सञ्जयकुमार शाहलाई सम्पर्क गर्न पनि अपिल गरेको छ । केही दिनयता इरान र इजरायलबीच मिसाइल आक्रमण भइरहेको छ । जसले गर्दा पश्चिम एसिया फेरि अशान्त बन्न पुगेको छ । इजरायलमा हजारौं नेपाली कृषि र कियर गिभरका लागि रोजगारी गर्न पुगेका छन् ।
प्रतिक्रिया