फिल्म ‘जन्ते बाख्रो’ रिलिज भएपछि हल–हलमा पुगिरहेकी नायिका गरिमा शर्माको पानी पँधेरा जस्ता अन्तरवार्ता अहिले चर्चामा छन् । गरिमाको गफगाफ हेर्दा लाग्छ, उनको फिल्मले सुपरहिटको व्यापार गरिसकेको छ ।
गरिमाको कुरा सुन्दा लाग्छ उनी फिल्म क्षेत्रमा स्टार भइसकिन् । तर, वास्तविकता यस्तो होइन । यो फिल्मको व्यापार कमजोर छ । केही हलमा पुग्दा दर्शकको भिडभाड देखेपछि गरिमालाई लागिसकेको छ कि, फिल्मले मारामार व्यापार गर्यो, उनी स्टार भइसकिन् । तर, तेस्रो फिल्मसम्म आइपुग्दा पनि गरिमाको करिअर भोलि के हुन्छ भन्ने स्पष्ट भइसकेको छैन । उनको अभिनयले त्यस्तो बुलन्द तारिफ पनि पाएको छैन ।
तर, गरिमा अहिले प्रचारको तरिका सिकाउन थालिसकेकी छिन् । फिल्मको प्रचार रहरले मात्र नभएर मेकरका लागि पनि गर्नुपरेको उनी बताउँछिन् । तर, गरिमालाई कसले वुझाइदिने कि, फिल्ममा काम गरेपछि त्यो फिल्म मेकरको मात्र होइन कलाकारको पनि हुन्छ । प्रचार आफ्ना लागि पनि गर्ने हो । हल भिजिट आफ्ना लागि पनि गर्ने हो ।
तर, गरिमालाई त मेकर खुशी हुन्छन् भनेर हल हलमा पुगेको महशुश भएछ । लौ गरिमालाई कसलै यो कुरा सिकाइदिओस् । उता, फेरि अन्तरवार्तामा गरिमा आफ्नी साथी रुषा न्यौपानेका लागि प्रेमी खोजिरहेकी छिन् । रुषा एक्लो भएको ५ वर्ष भएकाले प्रेम प्रस्तावको म्यासेज उनलाई गर्न गरिमा आग्रह गरिरहेकी छिन् । मिडियाबाट नै साथीका लागि प्रेमी खोजिदिने गरिमा कस्ती नायिका ?
गरिमालाई फिल्ममा आफूले गरेको कामको भन्दा पानी पँधेरोमा गर्ने गफ गर्न नै बढी मज्जा आइरहेको छ । यसले, गरिमालाई दर्शकले गम्भिर नायिकाको रुपमा कसरी लेलान् त खै । गरिमाजी, यस्ता गफले दर्शकको नजरमा परिएला त । यो त केटाकेटी पारा पो भयो त हो ?
प्रतिक्रिया