फिल्म ‘महाभोज’ले रिलिजको चौथो दिनसम्म आइपुग्दा पनि दर्शकको अपेक्षित साथ पाउन सकेको छैन । मल्टिस्टारर कलाकारहरुको साथमा निर्माण गरिएको फिल्मले ओपनिङ निकै फितलो गर्यो । सोमबारसम्म आइपुग्दा पनि फिल्मको व्यापार उठेको छैन ।
फिल्मका लागि हल भिजिटमा पुगेका नायक आर्यन सिग्देलले फिल्मको प्रचार गर्ने काम मिडियाको होइन र भन्दै प्रश्न सोझाए । उनले, तिमीहरुको काम के हो त ? भन्दै प्रश्न गरे ।
आर्यनको यो प्रश्नमा धेरैले असन्तुष्टि जनाइरहेका छन् । मिडियाकर्मीलाई ‘त’ भन्दै जवाफ दिएका आर्यनले वुक बुक्ने काम मात्र मिडियाको हो र भनेर प्रश्न गरेका छन् ।
तर, आर्यन सिग्देल जस्ता नायकलाई कसले संझाइदिने कि, मिडियाको काम प्रचार गर्ने होइन । फिल्मको विषयमा लेख्ने हो । यो फिल्म हेर्नुहोस्, त्यो फिल्म हेर्नुहोस् भन्दै प्रचार गर्ने काम मिडियाको होइन भन्ने कुरा आर्यन जस्ता नायकले अझै वुझेका रहनेछन् ।
उसो त, आर्यन मिडियाको क्यामेरामा गम्भीर बनेको देखिदैन । उनी सधै नै आफ्नो पुरानै केटाकेटी बानीमा रमाइरहेको पाइन्छ । सायद, आर्यनलाई अहिले पनि त्यस्तै लागेको होला । तर, मिडियाले तथ्यमा रहेर लेख्ने हो, बोल्ने हो । दर्शकलाई फिल्मको बारेमा जानकारी गराउने हो ।
फिल्मको हाइप बनाउने, प्रचार गर्दै हिड्ने फिल्मको टिमको काम हो । मिडियाको होइन । आर्यनजी, यो कुरा कहिले वुझ्नुहुन्छ खै ।
प्रतिक्रिया