नीताको ‘रियाल रिङगेट’को टिजर कस्तो छ ?



नायिका नीता ढुंगानाको मुख्य भूमिका रहेको फिल्म ‘रियाल रिङ्गेट’को टिजर सार्वजनिक भएको छ । साउनको १६ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मलाई रेबेल फिल्मस्ले निर्माण गरेको हो ।

दर्शकहरुमा गहिरो भावानात्मक प्रभाव पार्ने टिजर सार्वजनिक गरिएको निर्माणपक्षको भनाई छ । टिजरले नेपाली युवाहरुको सपना, संघर्ष, पारिवारिक बिछोड र प्रवासमा भोग्नुपर्ने दुःखलाई नजिकबाट देखाइएको छ ।

विभोर पोखरेलको निर्देशनमा तयार भएको यो फिल्ममा प्रमोद चौलागाई, नीता ढुंगाना, छुल्ठिम डोल्मा गुरुङ, रविन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी लगायतका कलाकारहरुको अभिनय छ ।

प्रदिप भारद्धाजको लेखनमा यो फिल्म तयार भएको हो । गगनलाल प्रधानको लगानीमा तयार भएको यो फिल्ममा रोशन श्रेष्ठको एक्सन, हरि घलेको छायांकन, विपिन मल्लको सम्पादन, राजीव समरको कोरियोग्राफी छ । फिल्मको छायांकन चितवन, काठमाडौं, लेटाङमा गरिएको हो ।

नेपालमा रोजगारीको समस्याले पिरोलिएका युवाहरु कसरी विदेश पलायन हुन वाध्य हुन्छन् भन्ने कथालाई यो फिल्मले प्रस्तुत गरेको छ । विदेश पुगेपछि विभिन्न षड्यन्त्रमा परेर गलत मनसाय बोकेका व्यक्तिहरुको फन्दामा परेका युवाहरुको कथालाई टिजरमा देखाइएको छ ।