इरानमाथि आक्रमण गर्ने अमेरिकाको तयारी, तेहरान खाली गर्न ट्रम्पको आह्वान


काठमाडौं । इरान र इजरायलबीचको तनावमा अमेरिका पनि सामेल हुने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प शक्तिशाली तथा सम्पन्न देशहरूको समूह जी सेभेनको महत्त्वपूर्ण शिखर बैठक छाडेर वाशिङ्टन फर्कन लागेपछि पश्चिम एसियामा युद्धको कालो बादल मडारिएको हो ।

ट्रम्पका प्रवक्ताका अनुसार क्यानडामा रात्रिभोजलगत्तै उनी अमेरिका फर्कने छन्। यसअघि ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा एक सन्देश प्रेषित गर्दै सबैलाई इरानको राजधानी तेहरान छाडेर जान आह्वान गरेका थिए। त्यसबारे उनले थप विवरण दिएका छैनन्। ट्रम्पको सो आह्वानपछि इरानमा अमेरिकाले आक्रमण गर्न लागेको हो कि भन्ने अनुमान गरिएको छ । अमेरिकाले इरान वरिपरि आफ्ना थप सैन्य स्रोतहरू परिचालन गर्न लागेको छ।

अमेरिकी रक्षामन्त्री पिट हेग्सेथले मध्यपूर्वमा अमेरिकी रक्षास्थिति सुदृढ पार्न चाहेको बताए। अमेरिकी सञ्चार संस्था सीबीएस न्यूजका अनुसार अमेरिका इरानमाथि इजरायलको आक्रामक कारबाहीमा सामेल हुने छैन । तैपनि परिस्थिति धेरैले सोचे जस्तो छैन । ट्रम्पले इरानसँग न्युकिलियर अणुबम नभएको उल्लेख गर्दै उसलाई मूर्ख भन्नुले चाँडै तेस्रो विश्व युद्ध हुने हो कि भन्ने त्रास फैलिएको छ । इरानलाई चीनको बलियो समर्थन छ ।