महोत्तरी — गौशाला नगरपालिकाकी उप–प्रमुख रेणु कुमारी महतोलाई मंगलबार कार्यालय प्रवेशमा अवरोध गरिएको छ। बिहान ८ बजेका लागि तय गरिएको कार्यपालिका बैठकमा १० बजे पुग्दा उनलाई नगर प्रहरीले कार्यालय प्रवेश गर्न दिएको थिएन।
उप–प्रमुख महतोले समाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गर्दै आफू माथि अन्याय भएको बताएकी छन्। भिडियोमा उनले नगर प्रहरीले “माथिको आदेश” भन्दै कार्यालय प्रवेशमा रोक लगाएको दाबी गरेकी छन्।
महतो र नगरप्रमुख डा. दिपेन्द्र महतोबीचको विवाद पहिलेदेखि नै चल्दै आएको हो, जुन पटक–पटक सतहमा आइरहेको छ।
उक्त विवाद सिंहदरबारसम्म पनि पुगिसकेको छ।
प्रतिक्रिया