साउनको २३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘सिटामोल’को नयाँ गीत ‘झुम्का कानैमा’ सार्वजनिक भएको छ ।
कर्णाली प्रदेशमा प्रचलित हुड्के नाचमा तयार पारिएको गीतको अडियो देउवा र लोक फ्लेवरमा मिश्रण गरिएको छ ।
सार्वजनिक गीतमा नायक सौगात मल्ल र नायिका बेनिशा हमाललाई फिचरिङ गरिएको छ ।
बाबुल गिरीको संगीत र स्वर रहेको गीतमा गोविन्द भट्टले शब्द कोरेका छन् । शान्ती श्री परियारको पनि गीतमा स्वर छ । यो गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । प्रविण सिंहको छायांकन गीतको भिडियोमा छ ।
राज बहादुर सानेको निदेृशनमा तयार भएको फिल्ममा सौगात र बेनिशाको साथमा श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, पवन भट्टराई लगायतका कलाकारहरुको अभिनय छ ।
तुल्सी देवी फिल्म प्रालीको व्यानरमा निर्माण भएको फिल्ममा प्रदीप भारद्धाज र निर्देशक सानेको लेखन, सिमोस सुनुवारको प्रस्तुति, भुगोल कुमार कार्की र विकासराज जोशीको लगानी छ ।
वावुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, देव महर्जन र शंकर महर्जनको एक्सन, राकेश दाहालको पोस्टर रहेको फिल्ममा दिव्य सुवेदीको छायांकन छ । यो फिल्मबाट आफ्नो करिअर बदलिने दाबी निर्देशक सानेको छ ।
प्रतिक्रिया