फिल्म ‘जारी २’को छायांकन सकिएको निर्माणपक्षले बताएको छ । ३६ दिनमा फिल्मको छायांकन सकिएको हो । पाँचथरका विभिन्न रमणीय लोकेशनमा फिल्मको छायांकन गरिएको छ ।
फिल्मको प्रदर्शन यही वर्षको दशैंमा हुने बताइएपनि मिति उल्लेख गरिएको छैन ।
फिल्म फूलपातिमा भने नआउने वुझिएको छ । फिल्मको छायांकन सकिएसँगै मुख्य दुई कलाकारहरु दयाहाङ राई र मिरुना मगरको लुक्स भने निर्माणपक्षले सार्वजनिक गरेको छ ।
मिरुनालाई लिम्बु पहिरन र दयाहाङलाई च्याब्रुङ बजाउँदै गरेको देख्न सकिन्छ । बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्को संयुक्त व्यानरमा निर्माण भएको यो फिल्मलाई रामबाबु गुरुङले लगानी गरेका हुन् ।
उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा विजय बराल, ऋचा शर्मा, वुद्दि तामाङ, प्रेम सुब्बा, पुष्कर गुरुङ, माओत्से गुरुङ, मानहाङ लावती, बिष्णु मोक्तान, कमलमणी नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, वेदना राई, सिर्जना निङ्लेखु लगायतका कलाकारहरुको अभिनय छ ।
‘जारी’ नेपाली फिल्मको बक्स अफिसमा १७ करोड माथिको ग्रस कलेक्शन गर्ने फिल्म हो । यसैले, यसको सिरिजको प्रतीक्षा दर्शकलाई छ । ‘जारी २’ले पनि बक्स अफिसमा धुम मच्चाउने अपेक्षा गर्न सकिन्छ ।
प्रतिक्रिया