नायिका परिक्षा लिम्बु दंग छिन् । ‘पुजार सार्की र ऊनको स्विटर’ले बक्स अफिसमा लोभलाग्दो व्यापार गरेपछि परीक्षाको करिअर पनि बदलिएको टिप्पणी हुन थालेको छ ।
तर, फिल्म ‘ऊनको स्विटर’मा उनको भूमिकालाई लिएर अहिले पनि आलोचना हुने गरेको छ । निर्देशकले परीक्षाको भूमिका किन थोरै मात्र बनाए भन्ने प्रश्न उठ्ने गरेको छ । फिल्मको प्रचारदेखि देश दौडाहामा परीक्षा खुबै लागिन् ।
के यो फिल्मबाट परीक्षालाई अन्याय भएको हो ? यो विषयमा लिम्बुले भनिन्–‘अन्याय नै त भएको होइन होला । जति चाहिएको हो त्यती नै मलाई फिल्ममा देखाउनुभएको होला । तर, माया गर्ने मानिसहरुले अझ धेरै हेर्न पाएको भए हुन्थ्यो भनेर चाहना राख्नु स्वभाविक नै हो । यसको म उच्च सम्मान गर्छु । तर, आगामी दिनमा अझै मलाई धेरै फिल्ममा पुरा भूमिकामा हेर्न पाउनुहुनेछ ।’
‘ऊनको स्विटर’मा काम गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको परीक्षाको भनाई छ । परीक्षाले आफू फिल्म ‘सोल्टिनी’ फिल्मका लागि उत्साहित रहेको बताइन् ।
परीक्षाले एक जना कलाकार भएको नाताले आफूले नराम्रो काम गर्न हुँदैन भन्नेमा सजग रहेको बताइन् । परीक्षाले मेकरले ‘तपाइलाई लियो भने फिल्म हिट हुन्छ’ भनेर मेकरले फिल्ममा प्रस्ताव नगरेको तर कामको तारिफ गर्ने गरेको सुनाइन् ।
प्रतिक्रिया