काठमाडौँ — गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईको डायरीमा भिजिट भिसामा विदेश पठाइएकाहरूको नाम, लेनदेन विवरण र ‘सेटिङ’का कोड भेटिएको छ। त्रिभुवन विमानस्थल अध्यागमन प्रमुख हुँदा उनले बिचौलियासँग मिलेर कागजात नपुगेका व्यक्तिहरूलाई विदेश पठाएको आरोपमा अख्तियारले अनुसन्धान गरिरहेको छ।
डायरीमा उल्लेखित विवरणअनुसार मन्त्रालयका अन्य उच्च अधिकारीहरूको संलग्नता पनि आशंकासहित छानबिन भइरहेकाे छ। अनुसन्धानका क्रममा भट्टराईका मोबाइल डिभाइस र ‘कोड वर्ड’हरू पनि जफत गरिएको छ।
‘द होलिडेज’ ट्राभलका सञ्चालक बालकृष्ण पौडेल, खगेन्द्र सुवेदी र एक महिला समेत अनुसन्धानको घेरामा छन्। ती महिलासँग भट्टराईको आर्थिक लेनदेन देखिएको अख्तियार स्रोतले जनाएको छ।
विशेषगरी युएई र कुवेततर्फ जान चाहने महिलाबाट रकम असुलिएको र त्यसमा अध्यागमन कर्मचारी समेत संलग्न भएको प्रारम्भिक निष्कर्ष अख्तियारको छ।
प्रतिक्रिया