अनमोलकी नायिक प्रिज्मा कि प्रिन्सी ?



नायक अनमोल केसीले फिल्म ‘बाटुलो जुन’मा काम गर्दैछन् । यो फिल्मलाई अनमोलकै पिता भुवन केसीले निर्देशन गर्दैछन् ।

फिल्मको स्क्रिप्ट तयार भइसकेको छ । फिल्मको छायांकन चित्लाङबाट केही दिनमै सुरु हुँदैछ ।

असारमा करिबब १० दिन खिचेपछि यो फिल्मको छायांकन भदौमा गरिनेछ । फिल्मका लागि नायिका को हुने हुन् भन्ने चासो सर्वत्र छ । तर, निर्माणपक्षले अहिलेसम्म नायिकाको बारेमा केही पनि बताएको छैन ।

तर, वुझिएअनुसार फिल्मका लागि नायिका फाइनल भइसकेका छन् । फिल्ममा जुम्ल्याहा दिदीबहिनी प्रिज्मा खतिवडा वा प्रिन्सी खतिवडामध्ये एक जनाले काम गर्न लागेको वुझिएको छ ।

निर्माणपक्षले भने यो बिषयमा केही पनि बताएको छैन । प्रिज्मा र प्रिन्सीमध्ये एक जना नायिका फाइनल भइसकेको वुझिएको छ ।

निर्माणपक्षले केही दिनमै नायिका सार्वजनिक गर्ने तयारी गरेको छ । यो फिल्मको बजेट २५ लाख मात्र लाग्ने गरि चलचित्र विकास बोर्डमा नाम दर्ता गरिएको छ । फिल्मको प्रदर्शन मिति तय गरिएको छैन । फिल्ममा २ नायिका रहने वुझिएको छ ।

संभवत, अनमोलको करिअरकै सवैभन्दा सस्तो बजेटमा यो फिल्म बन्न लागेको छ ।