प्रहरीको हस्तक्षेपपछि अवस्था नियन्त्रणमा
धरान — धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङ र उपमेयर आइन्द्रविक्रम बेघाका समर्थकहरूबीच झडप भएको छ। उपमहानगरपालिका कार्यालय बाहिर दुई पक्षबीच विवाद चर्किएर झडपमा परिणत भएको हो।
सोमबार मेयर साम्पाङले उपमेयर बेघालाई कार्यकक्षमा बोलाएका थिए। सोही क्रममा समर्थकहरूले हातपातको प्रयास गरेपछि स्थिति तनावपूर्ण बनेको थियो। मंगलबार बेघा पक्षधरहरू उपमहानगर परिसरमा भेला भई साम्पाङविरुद्ध नाराबाजीमा उत्रिएका थिए।
झडपपछि प्रहरी टोली परिचालन गरिएको र हाल अवस्था नियन्त्रणमा रहेको धरान प्रहरीले जनाएको छ।
प्रतिक्रिया