काठमाडौं – गत जेठ २७ गतेदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर उकालो लागेको छ। आजको कारोबार खुल्दा, मंगलबारको तुलनामा सुन तोलामा ९०० रुपैयाँ र चाँदी ६५ रुपैयाँले महँगिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज एक तोला सुनको मूल्य १ लाख ९५ हजार ५ सय रुपैयाँ पुगेको छ। त्यस्तै, एक तोला चाँदी २ हजार २ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।
अन्तरराष्ट्रिय बजारतर्फ हेर्दा, आज एक औँस सुन ३ हजार ३९३ अमेरिकी डलरमा किनबेच भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
प्रतिक्रिया