जेठमा ३६ फिल्मले लिए इजाजतको अनुमती



यो वर्षको वैशाख र जेठ महिनामा गरी ५४ फिल्मले इजाजत लिएका छन् । जसमध्ये, वैशाखमा १९ र जेठमा ३६ वटा फिल्मले इजाजत लिएका छन् ।

यो वर्ष फिल्म निर्माणमा बाढी हुने पक्का देखिएको छ । गतबर्ष फिल्मबाट निर्माताहरुले राम्रै मुनाफा कमाउनु, २ अर्ब हारहारीको फिल्मको व्यापार हुनु आदि कारणले गर्दा यो वर्ष फिल्म निर्माणमा मेकरहरु हौसिएका छन् ।

जेठ महिनामा निर्माणका लागि इजाजत लिएका फिल्महरुमा ‘रातो पासपोर्ट, लोभी पापी, बब डाई, मिः म्लेन फुङ, मिम्जी फुङ, गोबर गणेश, महारानी, पाण्डेको वान डे, लज्जावती, छल कपट, बाटुलो जुन, एक दुई तीन, सुख दुख, पारी बुटोल, दारासिङ, जयन्ती, पथलैया, कश्यप, स्वर्गीय सिंगे, भद्रकाली, राधा पियारी, प्रतिवैरम, परीवेश, कुम्भ, तथास्तु, क्याप्टेन कालिका, आहुती २, गैरी खेत, अस्तु, सतिघाटु, शुभ विवाह, चालिस कटेसी रमाउँला, इँटा भट्टा, चिट्ठा, लुछाचुँडी’ गरि ३६ वटा फिल्मले निर्माण इजाजत लिएका छन् ।

अब, असार महिनामा यो आँकडा बढ्छ या घट्छ त्यो हेर्न बाँकी छ । तर, यो वर्ष गतबर्षको तुलनामा फिल्मका लागि इजाजत लिनेहरुको संख्या बढ्ने देखिन्छ ।